default_image

1 month ago

February 9, 2025

चीनियाँ नयाँ वर्षमा मैत्रीपूर्ण खेल हुने

485 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिवार (फागुन ३ गते) मैत्रीपूर्ण खेल हुने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रमुख प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्। नेपाली टोलीमा यु-२० टिमका खेलाडी रहनेछन्।

यो पटक चीनको गत वर्ष भन्दा बलियो टोली रहेको जनाएको छ। युनान प्रदेशबाट खेलाडी छनोट गरेर टोली तयार पारिएको चीनीयाँ दूतावासका डिसिएम वाङ् जिनले बताए। ३७ सदस्यीय टोली नेपाल आउनेछ।

चीनको दूतावासले प्रमुख प्रायोजकको रुपमा डोङ फेङ नामी इभी मोटर्ससँग सम्झौता गरेको र यो खेलका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बलसँग सहकार्य गरिएको पनि वाङ् जिनले जानकारी दिए। फुटबल खेलसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि हुनेछ।

त्यो खेलका लागि प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहनेछ। मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सास्कृतिक कार्यक्रमको जिम्मेवारी चीनियाँ दूतावासको रहने जानकारी दिइएको छ।

मैत्रीपूर्ण खेलको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ रहेको छ। दूतावासले एन्फालाई टोलीको तयारीका लागि २३ लाख उपलब्ध गराउनेछ। दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो। गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.