1 month ago
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्।
खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि ब्रुएनाले ७९औं मिनेटमा गरेको गोलले सिटी विजयी भयो ।
अर्को खेलमा ब्राइटनले चेल्सीलाई २-१ ले पराजित गर्यो। पाँचौं मिनेटमा चेल्सीका कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनबाट आत्मघाती गोल भयो । चेल्सीले अग्रता लामो समय टिकाउन सकेन।
१२ औं मिनेटमा जर्जिनियो रुटरले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। काउरो मितोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए।
एफ कपमा शनिवारका अन्य खेलमा न्युक्यासलले बर्मिंघमलाई ३-२ ले, इप्स्विचले कोभेन्ट्रीलाई ४-१ले , मिलवालले लिड्स युनाइटेडलाई २-० ले,बर्नलीले साउथह्यामटनलाई १-० ले, बोर्नमाउथले एभर्टनलाई २-० ले , फुलहलले विगानलाई २-१ ले पराजित गर्यो।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]