default_image

3 months ago

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

1318 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।
पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे।

विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै टोलीलाई अघि बढाए। ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दैै टोलीको अग्रता दोब्बर पारे ।

पुलिस पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो । यसअघिका ३ प्रतियोगिताको पहिलो खेलमै पराजित पुलिसले पोखरामा यसपटक लगातार दुई खेल जितेको छ ।

पुलिसले सेमिफाइनल फाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब मध्ये एकसँग खेल्ने छ।

पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो।
प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबिच दोस्रो क्वाटरफाइनलमा हुनेछ।

यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

April 25, 2025

एनएसएलको विजेतालाई ८० लाख

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]

April 24, 2025

१५ औं साफ च्याम्पियनसिप २०२५ नहुने

काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]

Success

Thank you for your time.