default_image

3 months ago

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

662 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ।

पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो । यसअघिका ३ प्रतियोगिताको पहिलो खेलमै पराजित पुलिसले पोखरामा भने विजयी सुरुवात गरेको थियो।

पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो।

यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आहा राराको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

April 25, 2025

एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट […]

April 25, 2025

एपिएफ लुम्बिनी कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा नेपाल पुलिस क्लबलाई शुक्रवार १-० ले पराजित एपिएफ विजयी भएको हो। इन्ज्युरी समयमा गीता रानाले गरेको हेड गोलमा एपिएफलाई विजयी बन्यो । गीता प्लेयर अफ द फाइनल घोषित भइन् । विजेता एपिएफले ५ लाख ५ हजार […]

April 25, 2025

एनएसएलको विजेतालाई ८० लाख

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]

Success

Thank you for your time.