3 months ago
February 8, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नवीन न्यौपाने
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी टोली चितवन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
चितवनले आफ्ना अध्यक्ष सचिन ढकालसँगको तस्वीरसहित सामाजिक सन्जालमार्फत शुक्रवार न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको जनाएको थियो।
नयाँ चुनौतीका साथ चितवन एफसीमा आबद्ध भएको न्यौपानेले बताए । ‘चितवनको लक्ष्य पूरा गर्ने प्रयास गर्ने छौ,’उनले भने,’ यसलाई अवसर भन्दा बढी चुनौतीका रुपमा स्वीकार गरेर आबद्ध भएको हु।’
न्यौपाने एनएसएलमा प्रशिक्षण दिन लागेको यो दोस्रो टोली हो । उनले पहिलो दुई सिजन पोखरा थन्डर्सलाई प्रशिक्षण दिएका थिए ।
अस्वस्थ्यता कारणले उनले पहिलो सिजनमा समय दिन सकेनन् । त्यति बेला पोखरा पहिलो चरणबाटै बाहिरिएको थियो। दोस्रो सिजनमा उनको प्रशिक्षण पोखराले प्ले अफ खेलेको थियो। चितवन दुवै सिजन लिग चरणबाटै बाहिरिएको थियो।
आफ्नै पूर्व क्लब मनाङ मर्स्याङ्दीबाट प्रशिक्षण यात्रा सुरु गरेका न्यौपानेले लामो समय त्रिभुवन आर्मी फुटबल क्लब सम्हालेका थिए । हाल उनी एन्फाको युवा परियोजनाका प्रमुख हुन् ।
एनएसएलको तेस्रो सिजन चैत१६ गते सुरु हुने बताइएको छ। नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि (एनएसइएम) को आयोजनमा हुने एनएसएलको पहिलो सिजनमा ७ त दोस्रोमा ९ टोलीले भाग लिएका थिए।
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सका आयुष घलान नेपाल सुपर लिग ( एनएसएल) को सर्वोत्कृष्ट घोषित भएका छन्। उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन्। ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे । पोखरा […]
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। दशरथ रंगशालामा आज पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। दुई उत्कृष्ट टिमबीचको फाइनल अनुमान गरे जस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो। […]
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा अहिले साविक विजेता ललितपुर सिटी एफसी र सामना पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्सबीच खेल जारी छ। पहिलो हाफमा पापा इबाउ केबेको गोलमा ललितपुरले १-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा आज एनसेलको सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको छ। तुलनात्मक रूपमा पहिलो हाफमा पोखराले बढी […]