1 month ago
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् ।
पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।
सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषद (राखेप) निर्देशन पालना गर्दै राजीनामा दिएको उनीहरुले राजीनामा पत्रमा उल्लेख छ ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले उपाध्यक्ष तथा भलिबल संघका अध्यक्ष चन्द र अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य मनिष जोशीले
सदस्यबाट राजीनामा गरेका हुन्।
चन्दले एनओसीका धेरै सदस्य संघहरुको अहसमति देखिएकोले नैतिकताको आधारमा सदस्य पदमा बस्न उचित नरहेको ठहर गरी राजिनामा दिएको चन्दले बुधवार दिएको राजीनामा पत्रमा उल्लेख छ।
एनओसीसँग सम्बन्धिय मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको, युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधिले मंगलवार संयुक्त रुपमा पठाएको पत्रलाई पनि चन्दले राजीनामाको आधार बनाएका छन् । राणा, शर्मा र जोशीले भने केहि अगाडि नै राजीनामा गरिसकेका थिए।
एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनका विषयमा कानुनी प्रश्न उठेकाले त्यसको अन्तिम किनारा नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको आइओसी र ओसिएको संयुक्त पत्रमा प्रष्ट पारेको छ ।
अध्यक्षको अनलाइन निर्वाचनमा निर्वाचनमा भाग नलिने ७ जनामा शर्मा र जोशी थिए । राणा र चन्दले भने निर्वाचनमा भाग लिएका थिए। २७ मध्ये २० जनाले अनलाइन मतदानमा भाग लिएको एनओसीले जनाएको थियो।
उच्च अदालतको आदेशको अवज्ञा गर्दै एनओसीले मंसिरमा विशेष साधारण सभा तथा सर्वोच्च अदालतको आदेश र त्यसका आधारमा राखेपको निर्देशनलाई अटेर गर्दै एनओसीले निर्वाचन गरेको थियो।
अदालतको आदेश र राखेपको निर्देशनको सम्मानमा आफूले राजीनामा दिएको शर्माले बताए। उनले भने,’ मैले निर्वाचनमा पनि भाग लिइन।’
अध्यक्ष पदका अनलाइनमार्फत मतदान भएको र बाँकी सबै पद निर्विरोध भएको थियो। जसमा ७ उपाध्यक्ष, १ महासचिव, १ उप महासचिव, ३ सह सचिव र ५ सदस्य थिए। ४ जनाको राजीनामा पछि कार्यसमितिमा अब १५ जना बाँकी छन्।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]