1 month ago
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ।
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ ।
चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज र एनआरटीबिच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
एनआरटीले आजै बुढासुब्बा युनाइटेड खर्साङ एफसीसँग खेल्दैछ। चर्च ब्वाइज र एनआरटीले दुई वटा टोली बनाएर पोखरा र धरानमा खेलिरहेको छ।
मंसिर यता चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको छ । त्यसमा झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो।
४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले खेलेका थिए । मंसिर इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३-० ले हराएको थियो। त्यसपछि भएको झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३-१ ले हराएको थियो। चर्च ब्वाइजले शनिवार बुढासुब्बाको फाइनल खेल्नेछ।
केहि दिन अघि काठमाडौंमा भएको सभापति कपमा चर्च पहिलो खेलमै पराजित भएको थियो भने एनआरटीले सेमिफाइनल पुगेको थियो।
आहा गोल्डकपमा पहिलो दिन नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १-० ले र दोस्रो दिन मच्छिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ।
१२ टोलीको सहभागिता रहेको आहा रारामा १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]