2 hours ago
February 5, 2025
हिमाल खरेल, बिर्तामोड
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ ।
आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो।
न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा मन्दिप कार्कीले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए र ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी प्रतियोगिताअन्तर्गत भोलि अन्तिम क्वार्टर प्लानिङ ब्वाइज काठमाडौँ र भारतको माने मञ्ज्याङ एफसीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]