1 month ago
February 4, 2025
हिमाल खरेल,बिर्तामोड
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो ।
आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए । उनले ७ हजार रुपैयाँ र ट्रफी पाए ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वार्टर फाइनल खेल सिलिगुडी युनाइटेड भारत र न्यु स्टार सुनसरीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो टोलीले १ लाख २५ हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]