default_image

2 hours ago

February 4, 2025

पुलिस आहा रारा पोखरा गोल्डकपको‌ क्वाटरफाइनलमा

729 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो। त्यहि गोल खेलको निर्णायक बन्यो। जितसँगै पुलिस अन्तिम क्वाटरफाइनलमा मा पुगेको छ। सहारा प्रतियोगिताबाट नै बाहिरिएको छ।

पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो। पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए। १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि बिफल भयो।
१७ औं मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए।

खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै रोके । पुलिस क्वार्टरफाइनलमा २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ।

प्रतियोगितामा बुधवार पूर्व विजेता एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ।

पोखरा महानगरपालिकालकस मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरे । विदेशी ३ सहित १२ टोलीको सहभागिता रहेको छ।

विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको हाम्रो खेलकुदको‌ युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

February 4, 2025

सनिश उत्कृष्ट राष्ट्रिय खेलाडीबाट सम्मानित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठलाई‌ सम्मान गरेको छ । आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलअघि मंगलवार सनिशलाई सम्मान गरेको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सनिशलाई सम्मान गरे। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । […]

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

Success

Thank you for your time.