1 month ago
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ।
आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक जितेको छ ।
आयोजक सहारा, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबलले समान १ पटक च्याम्पियन बनेका छन् । पूर्व विजेता मनाङ र अफ्रिकन युनाइटेड बाहेक बाँकी सबै विजेतासहित १२ टोलीले यस पटक प्रतिस्पर्धा गर्दैछन् ।
पुलिसले कीर्तिमान सातौं पटक र आयोजक दोस्रो पटक च्याम्पियन बन्ने अभियानलाई सफल बनाउनका लागि जितबाट सुरुवात गर्नपर्नेछ।
२०५८ मा पहिलोपल्ट क्याराभान कपको नामबाट प्रतियोगिता सुरु हुँदा पुलिसले नै उपाधि जितेको थियो । २०५९ बाट हिमश्री फुड्सले प्रतियोगिता प्रायोजन गर्न थालेपछि आहा गोल्डकप, २०६९ बाट आहा–रारा गोल्डकप र २०७९ बाट आहा–रारा पोखरा गोल्डकपको नामबाट सन्चालन हुँदैछ ।
पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको हो । आहा रारा गोल्डकपमा पुलिस र सहाराबिच ३ पटक भेट भएको छ । ३ पटक नै सहारा पराजित छ ।
पुलिसमा अधिकाशं जस्तो नयाँ खेलाडी छन् । सहाराले ३ विदेशी खेलाडी राख्दै टोली बनाएको छ।
पोखरा महानगरपालिकालकस मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गर्नेछन्। विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]