1 month ago
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ।
युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो ।
प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे ।
अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ। जारी लिगमा टोटेनहमले आठौं खेलमा पहिलो जित हासिल गरेको छ।
३० अंकसहित प्यालेस १२ औं स्थानमा छ। युनाइटेड पुन: १३औं स्थानमा झरेको छ।
२४ खेलमा युनाइटेडको २९ अंक छ। टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ। ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]