1 month ago
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् ।
शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका हुन् । यस्तै बायर्न म्युनिखले सेल्टिकको सामना गर्दा मोनाको र बेन्फिका पनि आमने सामने हुनेछन् ।
जर्मन क्लब बोरुसिया डर्टमुन्ड र पोर्चुगलको स्पोर्टिङ लिस्बन खेल्दा इटालीको एसी मिलानले नेदरल्यान्ड्सको फायनुर्डसँग खेल्नेछ । फ्रान्सका ब्रेस्ट र पेरिस सेन्ट जर्मेन आमनेसामने हुँदा इटालीको एटलान्टाले बेल्जियमको क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको लिग चरणबाट शीर्ष ८ टोली सिधा छनोट हुँदा पुछारका ८ टोली बाहिरिसकेका छन् । नवौं देखि २४ औं स्थानकाले भने प्लेअफबाट अर्को चरणमा स्थान बनाउनेछन् ।
लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको म्याड्रिड, बायर लेभरकुसन, लिल र एस्टन भिल्लाले शीर्ष ८ मा रहेर अर्को चरणमा स्थान बनाएका हुन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]