1 month ago
January 31, 2025
सुमन अधिकारी,बुटवल
बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो ।
लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।
सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए ।
कार्यक्रममा सचिव निरन्जन पन्तले रुपन्देही, नवलपरासीसहित प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बताइएको छ ।
क्लबका संरक्षक संयोजक राम बहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैदान निर्माणमा धेरै मेहनत गर्नुपरेको उनले बताए ।
सिद्धेश्वर खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले १० हजार ५ सय र विधागत उत्कृष्ट खेलाडी समा ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। ,
प्रतियोगिता आयोजनामा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]