1 month ago
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – संकटा फुटबल क्लबका कप्तान दीप कार्की सभापति कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
सभापति कपमा संकटालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दीपले नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।
लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना भएको पहिलो संस्करणको सभापति कपमा आयोजक बागमतीलाई सडन डेथमा हराउँदै संकटा च्याम्पियन भएको थियो ।
प्रतियोगिताको सर्वाधिक ३ गोलकर्तामा संकटाका अबेकाह रिचार्ड, एनआरटीका अन्जन बिष्ट र कृतिश रत्न छुन्जु रहे । समान २ गोल गरेका तीनै खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा आयोजक टोलीका विकेश कुथु चुनिए । टोलीका कप्तान समेत रहेका विकेशले ५० हजार प्राप्त गरे ।
आयोजक टोलीका सन्दीप कार्की उदयीमान खेलाडी भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]