10 years ago
September 29, 2015
साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।
नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ च्याम्पिययसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
एसियाका राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता,सबै समूहका मध्येबाट उत्कृष्ट ५ उपविजेता र आयोजक बहराइन गरि १६ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
बहराइन छनोट चरणबाट अघिल्लो चरण प्रवेश गर्न सफलत भएमा उत्कृष्ट उपविजेताको छैटौं टोलीले पनि मौका पाउनेछ । एएफसी यु–१९ को शीर्ष ४ मा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा आयोजना हुने फिफा यु–२० विश्वजकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् । दक्षिण कोरिया शीर्ष चारमा पर्न सके पाँचौं टोली समेत यु –२० विश्वकप खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार टोलीलाई विदाइ गर्यो ।
हार जितलाई खेलको एउटा पाटो भएको उल्लेख गर्दै थापाले,‘ देश संकटमा परेका बेला फुटबलले सुखद नतिजा दिने अपेक्षा गरेको बताए ।’
साफ जित्दाको टोलीमा भन्दा अहिले दुई खेलाडी परिवर्तन भएका छन् ।
नेपाली टोली गोलकिपर – सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बु रक्षक– अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, सिद्धार्थ रञ्जित, दीनेश राजवंशी, सुदन थापा, रामचन्द्र वाजी मिडफिल्ड – हेमन्त थापामगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुसन लामा, सनिल बल फरवार्ड – विमल घर्तीमगर, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी, जनोममान लिगल प्रशिक्षक – बालगोपाल महर्जन (मुख्य), मृगेन्द्र मिश्र (सहायाक) व्यवस्थापक – दीवाकर घले फिजियो – राजु दहाल
April 10, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो। सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट […]
April 10, 2025
एजेन्सी –पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले हराएको छ। पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ । उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। […]
April 10, 2025
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे। ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह […]