default_image

1 month ago

January 30, 2025

संकटालाई सभापति कप, सडन डेथमा गोलकिपर दीप नायक

1497 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप‌ कार्कीले सडन डेथमा सहित २ वटा पेनाल्टीमा रोकेपछि ए डिभिजन टोली संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीवार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४-३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।

गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन पर्याप्त रहेन।

विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी‌ रोक्दै बागमतीको‌ सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै बागमतीलाई २-० ले अघि बढाए थिए।
त्यसपछि खेलले नाटकिय मोड लियो । बागमतीका कुलदीप कार्कीको पेनाल्टी दीपले रोके । उता संकटाका लागि लक्षु थापाले गोलको खाता खोले।

बागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले बराबरी गोल गरे। पाँचौ पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट बागमतीेले पुनः अग्रता बनायो।

संकटाका लागि दीप आफै पाँचौं पेनाल्टी हान्न अघि बढे । उनी सफल भएर पेनाल्टीमा ३-३ को बराबरी भयो। सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे । दीपले बागमतीका गौरवको प्रहार रोके र संकटालाई च्याम्पियन बनाए ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.