default_image

1 month ago

January 30, 2025

सभापति कप फाइनल – संकटा र बागमती खेल्दै

407 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजन टोली संकटा क्लब र बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) ले आज सभापति कप फुटबल प्रतियोगिताको फाइनल खेल्दैछन् ।

दुवै टिलीले उपाधि जित्ने आशा राखेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:३० बजे सुरु हुनेछ।

संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । उनले पहिलो दुई खेलको सफलताले टोलीको मनोबल उच्च रहेको बताएका थिए।

संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको बताएका थिए ।

बागमती‌ कप्तान विकेश कुथुले संकटा सेट टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताएका थिए । विपक्षीलाई कमजोर नठान्ने पनि उनले प्रष्ट पारेका थिए ।

बागमतीका प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाएकस थिए ।

सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबलाई सडनडेथमा र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४- २ गोलले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।
फाइनल अघि रंगशालामा झाँकीसहितको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २६ लाख र दोस्रो टोली १३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७५ हजार, उत्कृष्ट गोलकिपरले , सर्वाधिक गोलकर्ताले समान ५० हजार र उदीयमान खेलाडीकले २५ हजार रुपैयाँ पाउनेछन् ।

आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको जनाएको छ ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.