1 month ago
January 29, 2025
सुमन अधिकारी ,बुटवल
बुटवल पब्लिक स्कूलको आयोजनामा बुधवार सुरु भएकोरुपन्देहीमा जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
तिलोत्तमा नगरपालिका ११ बेलांडाडमा निमार्ण गरेको खेल मैदानमा सञ्चालित प्रतियोगितामा समुह ए बाट अक्स्फोर्ड मावि र जनज्याती मावि तथा समुह बीबाट एभरेष्ट उच्च मावि र क्यान उच्च मावि सेमिफाइनल पुगेका छन् ।
प्रतियोगितामा रुपन्देही जिल्लाका १० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल बिहिवार हुने छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज विष्णु पन्थी र अखिल नेपाल फुटवल संघका उपाध्यक्ष दिर्घबहादुर केसीले संयुक्त रुपमा प्रतियोगिता गरे ।
पन्थीले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन, खेलाडी उत्पादन र फुटबलको विकासमा विद्यालयस्तरीय प्रतियोगिताको ठूलो महत्व हुने बताएका थिए ।
एन्फा केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले निजी विद्यालयले करोडौं लगानीमा खेल मैदान र रिसर्च सेन्टर निर्माण गरेर खेलकुदको विकासमा ठूलो योगदान गरेको बताए ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी विद्यालयलाई २ समुह बनाएर प्रतिष्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले १५ हजार ५ रुपैयाँ र दोस्रोले १० हजार ५ रुपैयाँ प्राप्त गर्नेछ।
उत्कृष्ट गोलरक्षक,सर्वाधिक गोलकता र उत्कृष्ट खेलाडीले २ हजार ५ रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५ रुपैयाँ प्राप्त गर्नेछन्।
विद्यालयले २ विगाहा क्षेत्रफलमा करिब १५ करोड लगानीमा क्रिकेट र फुटबल खेल मैदान, स्विमिङ पूलसहित ग्रीन हाउस सञ्चालनमा ल्याएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]