1 month ago
January 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टोली बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा ए डिभिजन टोली एनआरटीलेलाई पेनाल्टी सुट आउटमा ४-२ ले हराउँदै बागमती उपाधि नजिक पुगेको हो।
निर्धारित समय २-२ को बराबरीपछिको टाइब्रेकरमा बागमतीले बाजी मारेको हो । पहिलो हाफमा लिएको २-० को अग्रतालाई जोगाउन नसकेपछि बागमतीले जितेका लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो।
एनआरटीले दोस्रो हाफमा २ खेल गर्दै बराबरी गरेपनि त्यसको फाइदा उठाउन सकेन । बागमतीका गोलकिपर विकेश कुथुले एनआरटीको पहिलो पेनाल्टी रोके ।
एनआरटीको दोस्रो पेनाल्टी पनि गोल हुन सकेन । ४ मध्ये एनआरटीको २ खेलाडीले मात्र गोल गरे । बागमतीका सबै ४ खेलाडीले गोल गरे ।
बागमतीले बिहीवार हुने संकटा क्लबसँग फाइनल खेल्नेछ। प्रतियोगिताको विजेताले २६ लाख र दोस्रो हुने टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]