2 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइ-ब्रेकरमा २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।
पुलिसको जितमा गोल किपर उषा नाथ नायक बनिन्। उनले आर्मीको ३ पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन्।
एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो क्वालिफायरमा दुवै टिमसँग जितको विकल्प थिएन। त्यसैले दुवै टिम गोलको खोजीमा थिए। तर पाएको मौका दुवै टिमले सदुपयोग गर्न सकेनन्।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकियो। यसपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। यो सँगै खेलको निर्णय टाइ-ब्रेकरबाट भयो।
टाइ ब्रेकरमा दुई टिमका १० खेलाडीले पेनाल्टी प्रहार गरे। जहाँ मात्र ३ गोल संभव भयो। पुलिसको जितमा गोल किपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए।
सम्झना लावती, समिक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना राना मगरले बचाइन्। तर पनि टिमलाई जित दिलाउन सकिनन्। आर्मीको लागि अञ्जनाले मात्र गोल गरिन्। चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले बचाइन्। विमला चौधरीको प्रहार भने बाहिरिएको थियो।
जारी लिगमा पुलिसले आर्मीलाई हराएको यो पहिलो पटक हो। यसअघिको दुई खेल बराबरीमा सकिंदा एक खेल भने आर्मीले जितेको थियो। पुलिसले एपिएफ क्लबसँग बुधवार उपाधिको लागि खेल्नेछ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]