2 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपको फाइनलपछि राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पदबाट अलग भएको घोषणा गरेका राजेन्द्र तामाङ सोही जिम्मेवारीमा फर्किएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने फोर नेसन्स कपका लागि तामाङलाई सोमवार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। विन्द्रा देवानलाई एन्फाले टोली व्यवस्थापकको जिम्मेवारी दिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएसँगै टोली छाडेको घोषणा गरेका थिए। उनले त्यतिबेला पुनः राष्ट्रिय टोलीमा फर्कने सम्भावना नरहेको बताएका थिए।
गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा तामाङकै प्रशिक्षण नेपाल फाइनल पुगेको थियो। तामाङले सोमवार नै फोर नेसन्सका लागि ३९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेका छन् ।
फोर नेसन्स कप फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ। नेपालसहित म्यानमार, लेबनान र किर्गिजस्तानले फोर नेसन्समा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]