default_image

1 month ago

January 27, 2025

सभापति कप सेमिफाइनल – संकटा र मच्छिन्द्र खेल्दै

447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सभापति कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

मच्छिन्द्रले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफ फुटबल क्लबलाई १-० ले हराएको थियो।कठिन जीत दर्ता गरेको थियो ।

दोस्रो सेमिफाइनलमा मंगलवार नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र एनआरटी भिड्ने छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सर्वाधिक पुरस्कार राशिको सभापति कपको विजेताले २६ लाख र दोस्रो टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रत्येक खेल खेल्ने दुवै टोलीले ५० हजार रुपैयाँ पाइरहेका छन् । हरेक खेलकि प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाएका छन् । दर्शकका‌ लागि साधारण तर्फ १ सय र भिआइपीतर्फ ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.