2 months ago
January 27, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ ।
युनाइटेडले आइतवार फुलहमलाई १-० ले हराएको हो । फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे ।
खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।
जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ । फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ ।
आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १-१ को बराबरीमा रोकिए ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]