2 months ago
January 26, 2025
सुनिल गाउँले, सिमरा
सिमराको नव–जनजागृति युवा क्लब मधेश प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनोट भएको छ ।
महोतरीको जलेस्वर रङ्गशालामा आइतवार मधेश प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई २-० ले पराजित गर्दै नवजनजागृतिले चैतमा हुने एन्फा प्रेसिडेन्ट लिगमा खेल्नेछ ।
२०८१ सालको बारा जिल्ला लिग च्याम्पियन बन्दै नवजनजागृतिले प्रदेश लिगमा बारा जिल्लाको प्रतिनिधित्व गरेको थियो । मधेश प्रदेशको प्रतिनिधित्व गर्दै नवजनजागृतिले पहिलोपटक एन्फा प्रेसिडेन्ट लिग खेल्नेछ ।
नवजनजागृति सिमराको जितमा विक्रम थोकर र अञ्जन बछारले समान १ गोल गरे । खेलको दोश्रो मिनटमै सिमराका विक्रमले सप्तरीविरुद्ध गोल गरेका थिए ।
दोश्रो हाफमा सिमराले अञ्जनको गोलबाट अग्रता दोब्बर बनाएको थियो । दोश्रो हाफमा सप्तरी विरुद्ध हावी भएको सिमराका अञ्जनले खेलको ५६ औं मिनटमा गोल गरेका थिए । सिमराका रोहन तामाङ खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको विजेता सिमराले ५० हजार र दोस्रो सप्तरीले २५ हजार रुपैयाँ प्राप्त गरेको नवजनजागृति युवा क्लबका प्रथम उपाध्यक्ष शंकर थापाले जानकारी दिए ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]