default_image

1 month ago

January 26, 2025

आहा रारा पोखरा गोल्ड कपको‌ तयारी अन्तिम चरणमा

476 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा राराको २४ औं‌ संस्करण पोखरा रंगशालामा हुनेछ।

विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गरौं भन्ने मुख्य उद्देश्यका आयोजना हुने प्रतियोगितामा अहिले सम्म २ विदेशीसहित ११ टोलीको सहभागिता निश्चित भएको आइतवार पत्रकार सम्मेलनमा सहाराका महासचिव रामजीप्रसाद अधिकारीकले जानकारी दिए।

प्रतियोगिताको संरक्षकका रुपमा पोखरा उपमहानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रा लिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

सहभागी हुने ए डिभिजनका टोलीमा विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् । आयोजना सहारा, एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले‌ पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.