default_image

1 month ago

January 26, 2025

आर्सनलको कठिन जित

157 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनलले वल्भ्समाथि कठिन जित निकालेको छ ।

आर्सनलले शनिवार वल्भ्सलाई १-० ले कठिन रुपमा पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो ।

जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ । वल्भ्स २३ खेलमा १६ अंकका साथ रेलिगेसनको नजिक छ ।

शनिवारका अन्य खेलमा न्युक्यासलले साउथह्याम्पटनलाई ३-१ ले, लिभरपुलले इप्स्विच टाउनलाई ४-१ ले, ब्राइटनले इभर्टनलाई १-० ले, बर्नमाउथले नटिङ्घम फोरेस्टलाई ५-० ले र म्यान्चेस्टर सिटीले चेल्सीलाई ३-१ ले पराजित गर्यो ।

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

Success

Thank you for your time.