2 months ago
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा रश्मि कुमारी घिसिङको २ गोलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै एपिएफ फाइनल पुग्ने पहिलो बनेको छ। सुरुवात लिएको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल प्रवेशका अर्को चुनौतीको सामना गर्ने पर्ने भएको छ।
आठौं मिनेटमा हिमा चौधरीको गोलमा आर्मीले अग्रता लिएको थियो । दोस्रो हाफमा पटक पटकको प्रयासपछि एपिएफ बराबरी गोल गर्न सफल भएको थियो। ७८ औं मिनेटमा रश्मिले बराबरी गोल गरेकी थिइन्।
पेनाल्टी बक्सबाट रश्मिको प्रहारलाई आर्मीकी गोलकिपर अन्जना रानाले बल रोके पनि पूर्ण रुपमा नियन्त्रणमा लिन असफल भएपछि गोलमा परिणत भएको थियो।
निर्धारित समय सकिने २ मिनेट बाँकी रहँदा प्रीति राईको सटिक पासमा कसैको निगरानीमा नरहेकी रश्मिले पेनाल्टी बक्सबाट गोल गरेकी थिइन् । त्यहि गोल निर्णायक बनेको थियो। जारी लिगमा रश्मिको त्यो ३५ औं गोल हो।
इन्ज्युरी समयमा आर्मी विमला चौधरीको वान भर्सेस वानलाई एपिएफकी सावित्री किसानले बचाउन सम्भावित बराबरी टारेकी थिइन् ।
आर्मीले एलिमिनेटरको विजेता नेपाल पुलिस क्लबसँग सोमवार दोस्रो क्वालिफायर खेल्नेछ । त्यसको विजेताले माघ १६ गते एपिएफसँग फाइनल खेल्नेछ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]