default_image

2 months ago

January 24, 2025

पुलिस कठिन जितसँगै क्वालिफायरमा

554 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको‌ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई‌ १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको‌ यात्रा टुंगिएको छ।

सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई‌ जित दिलाएकी हुन् ।
पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यसको विजेता फाइनल पुग्नेछ।

एपिएफ र आर्मीबिच शनिवार एन्फा मैदानमा पहिलो क्वालिफायर खेल्नेछ । त्यसको विजेताले फाइनल पुग्ने पहिलो टोली‌ बन्नेछ ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.