1 month ago
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए ।
होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे ।
खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए ।
खेलको २२औं मिनेटमा सनले गोल गर्दैै अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा होफेनहाइमका एन्टोन स्टाचले गोल गरे । ७७औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमको अग्रता बढाए ।
८८औं मिनेटमा होफेनहाइमका डेभिड मोक्वाले गोलमा गर्दै खेलमा फर्कने आशा जीवित राखे । तर, बाँकी समयमा गोल हुननसक्दा टोटनहमले जित निकाल्यो ।
यो जितसँगै टोटनहम ७ खेलमा १४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ७ खेलमा ६ अंकका साथ २७औं स्थानमा छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]