1 month ago
January 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप २०८१ अन्तर्गत ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो खेलमै संकटा फुटबल क्लब सँग पराजित भएको छ ।
दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा संकटाले चर्च ब्वाइजलाई ३-० ले पराजित गरेको हो । संकटाको जितमा अबेकाह रिचार्डले २ तथा चन्दन दासले १ गोल गरे ।
पहिलो हाफको २१ औं मिनेटमा रिचार्डले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । मिडफिल्डबाट दिएको पासमा डिफेन्डर सर्ज डिका बिट भएपछि रिचार्डले बक्स भित्रबाट सहजै गोल गरेका थिए ।
दोस्रो हाफको ७० औं मिनेटमा रिचार्डले बायाँ विंगबाट आएको क्रसलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा गोलरक्षकले फुस्काएको क्रसलाई खाली पोस्टमा गोल गर्दै संकटाले ३-० को अग्रता लियो ।
संकटाले अब सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र एपिएफको विजेतासँग खेल्नेछ । यी दुईको खेल शुक्रबार साँझ ५:३० बजे हुनेछ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]