1 month ago
January 23, 2025
एजेन्सी – जर्मनी क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगमा बुधबार नेदरल्याण्ड्सको फेयनुर्ड पराजित भएको छ ।
फेयनुर्डको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-० ले पराजित भएको हो । स्यान्टियागो गिमिनेजले २ र आयसे उएदाले १ गोल गरे ।
खेलको २१औं मिनेटा गिमिनेजको गोलमार्फत फेयनुर्डले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा गिमिनेजले नै पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।
उएदाले खेलको ८९औं मिनेटमा गोल गर्दै फेयनुर्डलाई सहज जित दिलाए । ७ खेलमा १३ अंक जोडेको फेयनुर्ड ११औं स्थानमा छ । बायर्न समान खेलबाट १२ अंकका साथ १५औं स्थानमा छ ।
लिगअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा पिएसजीले म्यान्चेस्टर सिटीलाई ४-२, एसी मिलानले जिरानालाई १-०,आर्सनलले डिनामो जाग्रेबलाई ३-०, आरबी लाइपजिगले स्पोर्टिङ सिपीलाई २-१ र शाख्तर डोनेटस्कले ब्रेस्टलाई २-० ले पराजित गर्यो ।
अंक तालिका
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]