default_image

1 month ago

January 22, 2025

एन्फाद्वारा महिला लिग प्लेअफको समय पुन: परिवर्तन

1232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ ।

यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो ।

तर दशरथ रंगशालामा सभापति कप आयोजना हुने भएसँगै एन्फाले महिला लिगको खेल तालिकामा हेरफेर गरेको हो । सभापति कप माघ १० देखि १७ सम्म दशरथ रंगशालामा हुने तालिका महिला लिग चल्दै गर्दा सार्वजनिक भएको थियो ।

एन्फाले नयाँ तालिका अनुसार एलिमिनेटरको खेल माघ ११ गते शुक्रबार एन्फा कम्प्लेक्समै दिउँसो २:४५ बजे गर्ने भएको छ । एलिमिनेटरमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब खेल्दैछन् ।

त्यस्तै क्वालिफायरका खेलहरु दशरथ रंगशालामा विहान १० बजे हुने एन्फाले नयाँ तालिकामा उल्लेख गरेको छ । दिउँसोको समयमा सभापति कपका खेल हुने भएकाले एन्फाले यो निर्णय गरेको हो ।

पहिलो क्वालिफायरमा माघ १२ गते शनिबार एपिएफ र आर्मी खेल्नेछन् । माघ १४ गते सोमबार दोस्रो क्वालिफायर हुनेछ ।

फाइनल भने पूर्व निर्धारित समय अनुसार नै दशरथ रंगशालामा माघ १६ गते दिउँसो २ बजे हुनेछ । उक्त दिन सभापति कपमा कुनै खेल नभएकाले यस तालिका भने परिवर्तन भएको छैन ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.