2 months ago
January 22, 2025
एजेन्सी – दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ ।
राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन।
बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक गार्सियाले १ गोल गरे । पाभ्लिडिसले ३० मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो मिनेटमा पहिलो गोल गरे ।
बार्सिलोनाका लेवान्डोस्कीले १३ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे। २२ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाभ्लिडिसले ह्याट्रिक पूरा गरेपछि बेन्फिकाले पहिलो हाफमा नै ३-१ को अग्रता बनायो।
६४ औं मिनेटमा राफिन्हाले गोल गरे । ६८ औं मिनेटमा बार्सिलोनाको आत्मघाती गोलमा बेन्फिकाले अग्रता बढायो । ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीलाई अर्को गोल गरे।
गार्सियाले ८४ औं मिनेटमा बराबरी गोल गर्दैै बार्सिलोनालाई खेलमा फर्काए। इन्ज्युरी समयमा राफिन्हाको गोलमा बार्सिलोनाले सनसनीपूर्ण जित हासिल गर्यो । यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]