default_image

1 month ago

January 22, 2025

रोनाल्डोको २ गोलमा नासरको जित

405 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको २ गोलमा साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ ।

नासरले मंगलवार अल खलिजलाई ३-१ ले पराजित गर्यो । प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा भएको खेलमा नासरको जितमा रोनाल्डो बाहेक सुल्तान अल घन्नामले गोल गरे । खलिजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे ।

खेलको ३४औं मिनेटमा खलिजका सईद अल हम्साल रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो । रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८०औं मिनेटमा फोर्टुनिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा पुर्याए । नासरका लागि ८१औं मिनेटमा सुल्तानले गोल गर्दै खेलमा फेरी अग्रता बनाए ।

इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रोनाल्डोले नासरलाई जित दिलाए ।

जितसँगै नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा छ ।

February 27, 2025

लिभरपुलको सहज जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

Success

Thank you for your time.