default_image

2 months ago

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

1293 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो ।

उपाधिका लागि झापा ११ ले माघ ८ गते नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।

झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा झापा ११ का अभिषेक लिम्बु र १२ औं मिनेटमा बिजु भुजेलले गरेको गोलपछि टोलीले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

सुदेवा दिल्लीका लागि खेलको ७५ औँ मिनेटमा सान्त्वना गोल फर्किएको थियो। खेलको प्लेयर अफ द म्याच झापा ११ का बिजु भुजेल भए । उनले १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।

यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।‌ झापा ११ ले क्वार्टर फाइनलमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई हराएर सेमिफाइनलमा सुदेवा दिल्ली एफसीसँग भेट गरेको थियो ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले नगद १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.