default_image

2 months ago

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

1461 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ।

हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल पुलिस क्लब र बागमती युथ क्लबले इलिमिमेटरमा प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ।

आज एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले आधा दर्जन गोल गर्ने क्रममा खेलको १५ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्।

तर यो अग्रता १८ औं मिनेटमा तोडियो। मिना देउवाले डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन्। तर २४ औं मिनेटमा चन्द्राको व्यक्तिगत दोस्रो गोलमा पहिलो हाफमा आर्मीले २-१ को अग्रता बनायो।

दोस्रो हाफमा चन्द्राले प्रभावशाली प्रदर्शन गरिन्। ६३ औं मिनेटमा उनले ह्याट्रिकको सफलता प्राप्त गरिन्। यसपछि ६८ औं र ७३ औं मिनेटमा थप २ गोल आफ्नो नाममा लेखाउन सफल रहिन्। उनको व्यक्तिगत ५ गोलमा आर्मीले वालिङलाई ६-१ को हार चखायो।

आर्मीले सात खेलबाट १६ अंक बनाएको छ। वालिङ अंकबिहिन बन्दै बाहिरियो। अन्तिम चरणको लिगमा अब एपिएफ र आर्मी तथा बागमती र वालिङबीचको खेल भने बाँकी नै छ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.