2 months ago
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ।
इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो।
अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ।
ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गरे।
आर्सनलले गाब्रियल मार्टिन्लीको गोलबाट ३५ औं मिनेटमा अग्रता बनायो । काइ हावर्ड्जले ५५ औं मिनेटमा गोल गरेपछि आर्सनल २-० ले अघि बढ्यो ।
तर टोलीले अग्रता जोगाउन सकेन । भिल्लाका लागि योरी टिलेमान्सले ६० औं मिनेटमा गोल गरे । वली वाटकिन्सले ६८ औं मिनेटमा गोल गरेपछि एस्टन भिल्लाले आर्सनललाई बराबरीमा रोक्यो ।
लिभरपुलको २१ खेलबाट ५० अंक पुगेको छ। ११ औं स्थानको ब्रेन्टफोर्डको २८ अंक छ। दोस्रो स्थानको आर्सनलको २२ खेलमा ४४ अंक र सातौं स्थानको एस्टन भिल्लाको ३६ अंक छ।
अन्य खेलमा फुलह्यामले लेस्टर सिटीलाई र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई समान २-० ले हरायो।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]