1 month ago
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ ।
बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन ।
पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ । बागमती ४ अंकका साथ चौथो स्थानमा छ । अंक तालिकामा एपिएफ क्लब १८ अंकका साथ शीर्ष स्थानमा छ।
१३ अंक सहित त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा छ । अंक जोड्न नसकेको वालिङ नगरपालिका तालिकाको पुछारमा छ ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]