2 months ago
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ।
एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् ।
शीर्ष स्थानको एपिएफको ६ खेलमा १८ अंक छ । वालिङको यो लगातार छैठौं हार हो । छैटौं खेल हारेको वालिङ तालिकाको पुछारमा छ ।
१३ अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो, नेपाल पुलिस क्लब (१० अंक) र बागमती युथ क्लब (३अंक) चौथो स्थानमा छ ।
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् । यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो […]
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]