8 years ago
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब समूह चरणको एकखेल अघि नै बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा पुगेको । लगातार दोस्रो खेल जित्ने क्रममा किरणको टोलीले सोमबार कीर्गिस्तानको एफसी अल्गालाई २–१ ले हराएको थियो ।
पहिलो खेलमा ढाका अवहानीलाई १–० ले हराएको टिसीले समूह चरणको अन्तिम खेलमा कोरियाका पेचेवङ सिटीको सामना गर्नेछ । प्रतियोगितामा सहभागिता नेपाली टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले भोलि दोस्रो खेल खेल्दैछ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]