1 month ago
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो।
बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेको बल रिबाउन्डमा आउँदा समिक्षा घिमिरेको प्रहार आफ्नै पोष्टमा गोल भएको थियो।
लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्ने मौकालाई विभागीय डर्बीमा आर्मी आफ्नो पक्षमा पार्यो।
आर्मी र पुलिसले यसअघि दुवै भेटमा बराबरी खेलेका थिए। यी दुई टोलीले दोस्रो चरणमा १-१ र अन्तिम चरणको पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए। यद्दपी पछिल्लो खेल विवादका कारण केहि समय रोकिएको थियो।
५ खेलमा १५ अंकसहित एपिएफ शीर्ष स्थानमा छ। ६ खेलमा १३ अंकसहित आर्मी दोस्रो स्थानमा मजबुत भएको छ। तेस्रो पुलिसको १० अंक छ। शीर्ष ३ टोलीले प्ले अफमा ठाउँ सुरक्षित गरिसकेका छन्।
प्ले अफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ नगरपालिकाबिच प्रतिस्पर्धा छ। ६ खेलमा बागमतीको ३ अंक छ। वालिङले अहिले सम्म अंकको खाता खोलेको छैन।
यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन चरणमा महिला लिग गरेको छ। पहिलो छनोट चरण सुर्खेतमा र १० टोलीको सहभागितामा दोस्रो चरण काठमाडौंमा आयोजना भएको थियो।
१० बाट शीर्ष ५ टोलीले अन्तिम चरणमा प्रवेश पाएका थिए। पाँचौं स्थानमा रहेको कोशी प्रदेशले नाम फिर्ता लिएपछि त्यसको ठाउँमा छैंटौं स्थानको बागमतीले मौका पाएको थियो।
लिगमा पहिलो पटक प्ले अफ पनि राखिएको छ । जसमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। त्यसको विजेता फाइनलमा पुग्नेछ। पराजित टोलीले फाइनल पुग्ने अर्को एउटा मौका पाउनेछ।
तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्नेछन् ।इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच दोस्रो क्वालिफायर हुनेछ। त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली बन्नेछ । फाइनल माघ १६ गते दशरथ रंगशालामा हुनेछ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]