1 month ago
January 15, 2025
सुमन अधिकारी,बुटवल
आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर सम्म कुर्नुपरेको थियो।
खेलको २० औं मिनेटमा प्राप्त कर्नरमा आशिष रानाले सुन्दर गोल गरेका थिए । २८ औं मिनेटमा अभी लामाको पेनाल्टी बक्स भित्रबाट गरेको गोलमा फर्साटिकरले अग्रता दोब्बर बनायो।
चर्च ब्वाइजका अरुण थापाले पेनाल्टी गोलमा गोल गरेपछि पहिलो हाफ २-१ भयो । दोस्रो हाफमा अरुणले अर्को गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए ।
ट्राईब्रेकरमा चर्च ब्वाइजका दुई खेलाडीले गोल गर्न असफल भए ।
विजेता फर्साटिकरले ट्रफी, ३ लाख ५ रुपैयाँ र उपविजेता चर्च ब्वाइजले १ लाख ५० हजार ५ रुपैयाँ प्रमाणपत्र प्राप्त गर्यो ।
सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु वस्याल तथा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिर्घ बहादुर केसीलगायतले विजेता दोस्रो टोलीका खेलाडीलाई पुरस्कृत गरे। प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता थियो ।
February 25, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]