3 months ago
January 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ।
अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो ।
सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा गोल गरे । क्रिस्टिएन नोर्गार्डले इन्ज्युरी समयमा बराबरी गोल गर्दैै सिटीसँग अंक खोसे ।
अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन।
आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए ।
यो नतिजापछि शीर्षमा लिभरपुलको छ अंकको अग्रता कायम छ । लिभरपुलको ४७ र नटिङघमको ४१ अंक छ। सिटी ३५ अंकसहित छैटौं स्थान र ब्रेन्टफोर्ड २८ अंक लिएर दसौं स्थानमा छ।
प्रिमियर लिगका अन्य खेलमा चेल्सी र बोर्नमाउथले समान २-२ को बराबरी खेले । वेस्ट् हयामले फुलहमलाई ३-२ ले हरायो । चौथो स्थानको चेल्सीको ३७ अंक र सातौं स्थानको बोर्नमाउथको ३४ अंक छ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]