1 month ago
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो।
एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो।
कमजोर वालिङ विरुद्ध २८औं मिनेटमा पुलिसले दोस्रो गोल गर्यो। निरुको असिस्टमा अनुष्का शेर्पाले उत्कृष्ट गोल गरिन्। ३२ औं मिनेटमा अमृता जैसीको लङ पासमा पूजा रानाले गोल गरिन्।
यसपछि ४३ औं मिनेटमा वालिङकी धन बोहराले आत्मघाती गोल उपहार दिइन्। यो सँगै पहिलो हाफमा पुलिसले ४-० अग्रता बनायो।
दोस्रो हाफमा पुलिसले थप गोल गर्न सकेन। यता ८५औं मिनेटमा यशोदा कुमारी चिरालले गोल किपर उषा नाथ अगाडि बढेको बेला गोल गरिन्।
अन्तिम चरणमा वालिङले गरेको यो पहिलो गोल समेत बनेको छ। पुलिसले दोस्रो चरणमा वालिङलाई २-० ले र अन्तिम चरणको पहिलो लेगमा ५-० ले हराएको थियो।
पुलिसको यो तेस्रो जित हो। उसले ५ खेलबाट १० अंक बनाएको छ र तेस्रो स्थानमा कायम छ। पहिलो लेगमा एपिएफसँग हारेको पुलिसले आर्मीसँग बाराबरी खेलेको थियो। बागमती र वालिङ विरुद्ध भने जित दर्ज गरेको छ।
वालिङको यो लगातार पाँचौं हार हो। उसले अंकको खाता खोल्न सकेको छैन। ४ खेल जितेको एपिएफसँग १२ अंक रहँदा त्रिभुवन आर्मी फुटबल क्लबले पनि पुलिसले जतिकै १० अंक बनाएको छ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]