default_image

1 month ago

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

119 views

0 Bookmark

सुनिल गाउँले, बारा

जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए।

कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालिकराम अधिकारी चुनिए ।

सदस्यमा सुधिरजङ्ग राणा, शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, इश्वर थपलीया, सन्तोष दाहाल, निराजन थापा, मनोज राई, विक्रम श्रेष्ठ, दिपक भट्टराई, रिता कँडेल र शेखर लामा चयन भएका छन् ।

त्यसअघि सम्पन्न क्लबको १७ औं बार्षिक साधारण सभाले क्लबको संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारण सभााले विधान संसोधन लगायतका आवश्यक विषय सुझाव सहित पारित गरेको महासचिव ठकुरीले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको मुख्य अतिथि रहेको बार्षिक साधारण सभामा नेपाल तेक्वान्दो महासंघका मधेश प्रदेश महासचिव राजकुमार लामा, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई, क्लबका संरक्षक मुकुन्दबहादुर क्षेत्री, माओबादी नेता बेनीप्रसाद तिमल्सेना, नेपाली कांग्रेस जीतपुरसिमराका संस्थापक सभापति श्यामबाबु गुप्ता, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा लगायतले सम्बोधन गरेका थिए ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.