default_image

1 month ago

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

681 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ।

आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् ।

एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज रेन्ज हेडरमा गोल गरिन् ।

२२औं मिनेटमा आर्मीले अग्रता दोब्बर पार्यो। चन्द्राको ब्याक पासमा पुनमले बक्स भित्रबाट गोल गरिन्। पहिलो हाफमा आर्मी २-० ले अगाडि बढ्यो।

बागमतीलाई दबाबमा राख्न सफल आर्मीले इन्ज्युरी समयमा तेस्रो गोल गर्यो। विमलाको क्रसमा चन्द्राले गोल गरिन्।
जारी लिगमा बागमती आर्मीसँग हारेको यो तेस्रो पटक हो। दोस्रो चरणमा ३-० र अन्तिम चरणको पहिलो लेगमा २-० ले बागमती हारेको थियो।

जारी लिगमा आर्मीको यो तेस्रो जित हो। उसले १० अंक बनाएको छ। यो जितमा आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको एपिएफ १२ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल पुलिस क्लबको ७ अंक छ।

यसअघि आर्मीले वालिङ नगरपालिका र बामतीलाई हराउँदा पुलिससँग बराबरीमा रोकिएको थियो। आर्मी एपिएफसँग हारेको थियो।

बागमतीको यो चौथो हार हो। पाँच खेल खेलेको बागमतीसँग तीन अंक रहेको छ। उसले वालिङलाई हराएको थियो। भोलि वालिङ र पुलिसबीच खेल हुनेछ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.