3 months ago
January 13, 2025
एजेन्सी- साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ।
जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि आइतवार युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५-३ ले हराएको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ब्रुनो फर्नान्डेजले ५२ औं मिनेटमा युनाइटेडका गोल गरेका थिए । ग्याब्रिएल मागल्हेसले ६३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए।
१० खेलाडीमा सिमित भएर पनि युनाइटेड जित निकाल्न सफल भएको हो । इमिरेट्समा भएको खेलमा डिएगो डलोटले ६१ औं दोस्रो पहेलो कार्डपछि रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।
एफए कपको तेस्रो चरणका अन्य खेलमा टोटनहमले टामवर्थलाई ३-०, क्रिस्टल प्यालेसले स्कटपोर्टलाई १-०, इपस्विच टाउनले ब्रिस्टल रोबर्सलाई ३-० र न्युकासल युनाइटेडले ब्रोमलीलाई ३-१ ले पराजित गरेको थियो।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]