2 months ago
January 12, 2025
सुमन अधिकारी,बुटवल
रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो।
गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ गोल गरेका थिए । इन्टर नर्थका टिएच चेन्ङलेले एक गोल गरेका थिए। गोर्खा ब्वाईजका फागुराम थारु प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आयोजक फर्साटिकर युवा क्लब, नवलपरासीको भैरव एफसी, अभिषेक चर्च फुटबल क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।
आइतवार पहिलो सेमिफाइनलमा फर्साटिकर र भैरव एफसीबिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए । दोस्रो सेमिफाइनल सोमवार गोर्खा ब्वाइज र अभिषेक चर्चबिच हुनेछ।
माघ २ गते फाइनल हुने प्रतियोगिताको विजेताले ३ लाख ५ हजार र दोस्रो हुने टोलीले१ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्नेछ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]