default_image

2 months ago

January 11, 2025

एपिएफको लगातार चौथौ जित

1646 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ।

विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे।

विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । दोस्रो हाफ भने रोमाञ्चक बन्यो। ६० औं मिनेटमा अनिताको फ्रि-किकमा निशा थोकरको हेडरले सही दिशा लियो।

तर यो अग्रता ६९ औं मिनेटमा नै तोडियो। विमला चौधरीको कर्नरमा क्लियर हुन नसकेको बलमा विमला थापाले गोल गरिन्।

८५ औ मिनेटमा अनिताको असिस्टेन्टमा प्रितीले आकर्षक गोल गरिन्। । त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतको फ्री किक प्रहार आर्मीको वालमा डिफलेक्ट हुँदै होलमा परिणत भयो। यसअघि दोस्रो चरणमा एपिएफले आर्मीलाई २-१ ले हराएको थियो।

यो जितमा १२ अंक बनाएको एपिएफ शीर्षस्थानमा थप मजबुत भएको क छ। अपराजित यात्रालाई कायमै राख्न पनि एपिएफ सफल रहयो। एपिएफले नेपाल पुलिस क्लबलाई ६-०, वालिङ नगरपालिकालाई ९-० र बागमती युथ क्लबलाई ५-१ ले हराएको थियो।

आर्मीको यो पहिलो हार हो। उसले ४ खेलबाट ७ अंक बनाएको छ। आर्मीे वालिङ र वागमतीलाई हराउँदा पुलिससँग बराबरीमा रोकिएको थियो।

आर्मीविरुद्धकल खेलमा एपिएफकी गोलकिपर सावित्री किसन घाइते भएकी छिन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

इन्ज्युरी समयमा अनिताको गोल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.